झापा । अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कुलले विद्यार्थीका दुई जना बृद्धा अभिभावकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

 

अन्तर्राष्ट्रिय बृद्धा दिवसको अवसरमा संक्षिप्त कार्यक्रमका बीच आफ्ना विद्यार्थीका अभिभावकमध्ये २ जना बृद्धालाई सम्मान गरेको स्कुलले जनाएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै स्कुलले सम्मान गरेकाे हाे ।

 

सम्मानित हुनेहरुमा अर्जुनधारा ७ की ९० वर्षीया इन्द्रकुमारी राया र ८० वर्षीया पुष्पा आचार्य रहेकी छन् । उनीहरुलाई स्कुलकी संयोजक नम्रता गिरीलगायत शिक्षक शिक्षिकाले सम्मान गरेका थिए ।

 

रायाको नाति कमलमान सिंह डाँगी कक्षा १० र आचार्यकी नातिनी दीक्षा आचार्य कक्षा ८ मा पढ्छिन् । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीलाई ज्येष्ठ नागरिकको सम्मान, आदर सत्कार गर्नेजस्ता सामाजिक संस्कारबारे संक्षिप्त अभिमुखीकरण दिइएको थियो ।