शनिश्चरे । झापाको अर्जुनधारा९ स्थित बाह्रहघरे सितोरियो कराते डोजोको आयोजनामा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०८०को हिसाब शनिबार सार्वजनिक गरिएको छ ।
स्थानीय आधारभूत विद्यालयको सभाहलमा जनप्रतिनिधि, सरोकारवाला, दाता र डोजोका पदाधिकारीहरुको उपस्थितिमा उक्त प्रतियोगिताको आर्थिक प्रतिवेदन डोजोका सचिव एवम् प्रमुख प्रशिक्षक हेमलाल परियारले सार्वजनिक गरेका थिए । प्रतियोगिता गत मंसिर २ गते सम्पन्न भएको थियो ।
प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी ४ लाख ९४ हजार २५० रुपैयाँ, खर्च ३ लाख ८५ हजार ५४० रुपैयाँ र बचत १ लाख ८ हजार ७१० रुपैयाँ उल्लेख गरिएको छ ।
प्रतियोगिताबाट बचत भएको रकमलाई डोजोमा आबद्ध खेलाडीहरुको लागि आवश्यक प्रशिक्षण हल निर्माणमा लगानी गरिने सचिव परियारले जानकारी दिए । प्रशिक्षण हल निर्माणको लागि आवश्यक जमिनको व्यवस्थापनसँगै अन्य तयारीमा डोजो जुटेको अध्यक्ष नारदमणि नेपालले बताए ।
डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र भीष्म मिश्र, नगर सभा सदस्य गौरीमाया चिमरीया, पूर्व जनप्रतिनिधि नरेन्द्रप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतेश योञ्जन, प्रधानाध्यापक सुजता शिवाकोटी, दाता प्रकाश थुलुङ राई, विद्यालयका जग्गादाता लोचन पोखरेललगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन डोजोका सल्लाहकार मोहन पौडेलीले गरेका थिए ।