शनिश्चरे । शनिश्चरे मावि झापा अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा १ को सिंहदेवी मावि अनुपस्थित भएपछि शनिश्चरे माविले सोझै सेमिफाइनलमा स्थान बनाएको हो । आयोजक महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बूले सिंहदेवीको अनुपस्थितिका कारण शनिश्चरेल वाकओभर पाएको घोषणा गरेका थिए ।
शनिश्चरेले वाकओभर पाए पनि महारानीगञ्ज माविको टोलीसँग शोम्याच खेलेको थियो । जसमा शनिश्चरे २-१ गोलअन्तरले पराजित भयो ।
प्रतियोगितामा बिहीबार अर्जुनधारा ५ को भानु मावि फूलबारीले अर्जुनधारा ४ को अर्जुनधारा मावि भाङबारीसँग तेस्रो क्वाटरफाइनल खेल खेल्ने छ ।
माघ १५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार र ट्रफी पाउने छ । सालबारी निवासी अरुणकुमार डाँगीले दिवंगत बुबाको स्मृतिमा आर्थिक सहयोग गरेका छन् ।