अर्जुनधारा । झापाको पुरानो विद्यालय शनिश्चरे माविको ७६औं वार्षिकोत्सव विविध कार्यक्रमसहित आइतबार सम्पन्न भएको छ । सांस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण र निवर्तमान प्रअ चेतामणि खनाललाई सम्मानसहित विदाई गरिएको हो ।

 

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले प्रअ खनाललाई सम्मानसहित बिदाई गरेकी हुन् । यसैबीच, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरिएको छ । विषजु सेमन्ता श्रेष्ठ स्मृति जेहेन्दार छात्रवृत्ति पुरस्कार कक्षा ११ की छात्रा हिमा फुयललाई नगद ४ हजार प्रदान गरियो ।

 

एसइइमा उत्कृष्ट अंक ल्याइ यसै विद्यालयको कक्षा ११ मा अध्ययनरत प्रिया सापकोटा र भुविन भण्डारीलाई लोकनाथ हेमकला वृत्ति विकास अक्षयकोषबाट नगद ५ हजार ५ सय र ३ हजार ५ सय प्रदान गरियो ।

 

यस्तै, प्रिया सापकोटालाई खगेन्द्र विभा वृत्ति विकास अक्षयकोषबाट नगद ७ हजार र लक्ष्मण दर्जीलाई नगद ५ हजार प्रदान गरियो । एसइइमा ३.७० जिपिए ल्याएकी प्रियालाई संस्थापक माधव थापा, संरक्षक रमा चापागाईं रहेको छत्र थापा स्मृति अक्षयकोषको तर्फबाट नगद ३ हजार प्रदान गरिएको छ । सोही अक्षयकोषबाट एसइइमा ३.५५ जिपिए ल्याएका पुजन निरौलालाई पनि नगद ३ हजार प्रदान गरिएको छ ।

 

यसैगरी, संविधानसभा सदस्य केदाप्रसाद सञ्जेल र टीका सञ्जेलद्वारा स्थापित रुद्र तोरण स्मृति अक्षयकोषबाट २०७९ मा विद्यालय प्रथम भएकी कक्षा २ की खुसी ठाकुरलाई नगद ३ हजार प्रदान गरिएको छ ।

 

सोही अक्षयकोषबाट आदिवासी, जनजाति तथा दलित समुदायमध्ये एसइइमा सबैभन्दा बढी जिपिए मन्दिरा विश्वकर्मालाई नगद ३ हजार प्रदान गरिएको छ । उनले २.७५ जिपिए ल्याएकी थिइन् ।

 

यस्तै, स्थानीय किरण वनको परिवारले स्थापना गरेको हरिविलाश वन स्मृति अक्षयकोषबाट १४ जना विद्यार्थीलाई जनही ४-४ हजार रुपैयाँ प्रदान गरिएको छ ।

 

जसमा विजय खड्का कञ्चन बागदास, कृपा चौलागाई, दिपेन्द्र थापा, जीवन कार्की, सविना परियार, सपना तामाङ, मनिषा मण्डल, मुस्कान शर्मा, दर्पण आचार्य, सन्ध्या खतिवडा, वर्षा विश्वकर्मा, दिपिका रिमाल र लक्ष्मीप्रसाद दंगाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

 

साेही कार्यक्रममा वर्ष अभिभावक सम्माान अर्जुनधारा ८ का इन्द्र गहतराज भए भने उत्कृष्ट शिक्षकबाट पुरस्कृत हुँदै शिक्षक भीमप्रसाद नेपालले नगद ५ हजार र वर्ष कर्मचारीबाट जुनिता गिरी पुरस्कृत हुँदै नगद ३ हजार पाउन सफल भए ।

 

विद्यालयका विद्यार्थीद्वारा प्रतियोगितात्मक नृत्य, गायन प्रस्तुत भएको कार्यक्रमको स्वागत शिक्षक पुण्यप्रसाद सुवेदीले गरेका थिए भने स्वागत गान शिक्षक रोहित खपाङ्गी, जीवन धिताल र सुरज ओलीले प्रस्तुत गरेका थिए । स्वागत नृत्य भने मुस्कान शर्मा र साथीहरुको थियो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा भएको वार्षिकोत्सवमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, अक्ष्यकोषदाताको तर्फबाट लवकुश गिरीलगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको थियो । कार्यक्रमकाे सञ्चालन शिक्षकद्वय भीमप्रसाद नेपाल र जीवन धितालले गरेका थिए ।