झापा । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

 

साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २-१ को पुनरागमन जित दर्ता गरेको हो ।

 

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् ।

 

पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

 

जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।