फिदिम । यहाँ जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बागमती युथ क्लब सर्लाहीलाई पराजित गर्दै आयोजक पाँचथर क्लब फाइनलमा प्रवेश गरेको छ ।

 

पाँचथरको जितमा रोशन आङदेम्बेले गोल निर्णायक गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा पाँचथरले साँघुरो जित निकाल्दै फाइलन प्रवेश गरेको हो । अब पाँचथरले बिहीबार झापा ११ र त्रिभुवन आर्मीबीचको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।

 

पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ दि म्याच बने । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । लाखे ग्रुप फिदिमको समूह फ्यान अफ दि म्याच भएर २ हजार ५ सय रुपैयाँ हात पार्यो ।

 

यस्तै, नविन तुम्रोक सुटआउट हिरो बन्दै २ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार र दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।