बिर्तामोड । झापा जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग समितिको अध्यक्षमा अर्जुनधाराका चन्द्र राना (लाफा) चयन भएका छन् । चन्द्र लाफाकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएकाे हाे ।

 

झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा स्ट्रेन्थलिफ्टिङ्गका केन्द्रीय समितिका महासचिव जीवन गिरीको प्रमुख आतिथ्यमा भएको भेलाले चन्द्र लाफाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा प्रसिद्ध भक्तराजलवट, सचिवमा राजु दाहाल, सहसचिवमा आशिष् गुरुङ र कोषाध्यक्षमा मेनुका पौडेल चयन भएका छन् भने सदस्यमा खेमराज श्रेष्ठ, धनन्जय गणेश, रणधिर राजवंशी, सागर राजवंशी, बिनु थपलिया, निशा पोमु र सोनीदेवी दास रहेका छन् ।