शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाको एकमात्र बहुमुखी क्याम्पस शनिश्चरेमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शनिश्चरे बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा शुक्रबार स्वागत कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा स्नातक तह पूरा गरेका विद्यार्थीलाई विदाइ पनि गरिएको थियो ।

 

स्ववियु अध्यक्ष विशाल थापाका अनुसार यस शैक्षिक वर्षका नवआगन्तुक १५० जना विद्यार्थीलाई स्वागत तथा अन्तिम वर्षका ५१ जना विद्यार्थीलाई विदाई गरिएको हो ।

 

कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता वाचन गरेका थिए भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । सोही कार्यक्रममा स्थानीय हाँस्य कलाकार राकेश दर्नालको पनि प्रस्तुति रहेको थियो ।

 

स्वियु अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतले गरेका थिए । कार्यक्रममा क्याम्पसलाई क्रमशः एक लाख ६९ हजार रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराउने वडाध्यक्ष बस्नेत र ३ का वडाध्यक्ष सीताराम भट्टराईलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा सम्मानित व्यक्तित्व वडाध्यक्ष भट्टराई, क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेल, प्राध्यापक संघका अध्यक्ष दिनेश बाँस्कोटा, नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौला, अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलालगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

कमिटीकी उपाध्यक्ष समिक्षा राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा सचिव गगन चापागाईं र सहसचिव खेमचन्द्र गौतमले गरेका थिए ।