झापा । बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको छिनोफानो आज हुँदैछ । उपाधिका लागि बिर्तामोड युनाइटेड एफसी र मानेभन्ज्याङ एफसी भारत भिड्दै छन् ।

 

आदर्श युवा क्लब बुधबारेल आयोजना गरेको प्रतियोगितामा भारतका २ सहित ८ वटा टोली सहभागी थिए । अन्तिम सेमिफाइनलमा बेलबारी एफसीलाई टाइब्रेकरमा पराजित गर्दै बिर्तामोडले मानेभन्ज्याङसँग फाइनलमा भेट पक्का गरेको हो ।

 

यस्तै, मानेभन्ज्याङले आयोजकलाई पराजित गर्दै उपाधि भिडन्तमा उक्लिएको पहिलो टोली हो । तनावपूर्ण खेलमा मानेभन्ज्याङले आयोजकलाई २-० गोलले पराजित गरेको थियो ।

 

उपाधि विजेता टोलीले नगद २ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाखमा चित्त बुझाउनु पर्नेछ । विधागत पुरस्कारतर्फ जनही ५-५ हजार राखिएकाे छ । खेल दिउँसाे ३ बजे हुने आयोजकले जनाएकाे छ ।