काठमाडौं । बागमती युथ क्लब सर्लाहीले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।

 

बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बू र आरती भुजेलले समान १-१ गोल गरे । सुदूरका लागि तुलचा बाहोराले १ गोल फर्काइन्

 

बागमतीका लागि खवासले १७औं, ८०औं र ८२औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरिन् । सहारा लिम्बूले २६औं र ३७औं मिनेटमा आरतीले गोल गरिन् । सुदरपश्चमका लागि ९०औं मिनेटमा तुलचाले सान्त्वना गोल गरिन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

 

लिगमा मंगलबार २ खेल हुनेछन् । पहिलो खेल चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच तथा दोस्रो खेल नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।