शनिश्चरे । झापाको अर्जुनधारा १० मा आजदेखि १४ वर्षमुनिका खेलाडीबीच फुटबल प्रतियोगिता सुरु भएको छ । आज पहिलो चरणका चारै खेल सम्पन्न भएका छन् ।

 

पहिलो चरणमा सेतीपानी, सालबारी, गोलधाप र मनास्लु विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा सेतीपानीले १-० गोलअन्तरले कप्तानबाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

 

यस्तै, दोस्रो खेलमा मनास्लुले शनिश्चरेलाई पनि १-० गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा सालबारीले सानदार जित दर्ता गर्यो । पञ्चकन्याविरुद्ध सालबारीका सोहन खत्रीले ह्याट्रिक गरेका थिए ।

 

अन्तिम क्वाटरफाइनल खेलमा गोलधापले कालिका युथलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा ४-२ गोलअन्तरमा गोलधापले बाजी मारेको हो ।

 

अर्जुनधारा १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आइतबार दुवै सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल सोमबार हुनेछ । विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी पाउने छ ।

 

युवा व्यवसायी सुमन नेम्बाङको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद समितिका अध्यक्ष सुजन थापामगरको अध्यक्षतामा भएको थियो ।