काठमाडौं। चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गरेको हो।

 

जितसँगै चन्दपुरले चार खेलबाट पाँच अंक जोडेको छ। सुदूरपश्चिम भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ। चन्द्रपुरको जितमा अनिता रानामगर, रजनी थोकर, सुनिता सुनार र सजनी थोकरले गोल गरे।

 

तेस्रो मिनेटमै चन्द्रपुरले अनिताको गोलमार्फत सुरुआती अग्रता लिएको थियोे। त्यसको १२ मिनेटपछि नै रजनीले अर्को गोल थपिन्। ६४औं मिनेटमा सुनिताले कर्नरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो।

 

९०औं मिनेटमा सजनी थोकरले सिधै गोल गर्दै चन्दपुरलाई पहिलोपटक स्पष्ट तीन अंक दिलाइन्। नेपाल पुलिस क्लब लिगको शीर्ष स्थानमा छ भने एपीएफ र आर्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा कोशी चौँथो र वालिङ पाँचौ स्थानमा रहेको छ ।