काठमाडौँ । एन्फा महिला लिगमा पछिल्लो अंक तालिकाबाट कोशी तेस्रो स्थानमा उक्लिएको छ । आज संकटासँग गोलरहित बराबरी खेल्दै कोशीले अंक बाँड्न बाध्य भयो ।

 

पछिल्लो तालिकाअनुसार कोशी १० अंकका साथ तेस्रो स्थानमा छ । समान अंक रहेको एपीएफ दोस्रो स्थामा रहँदा पुलिस ११ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

 

आज भएको पुलिस र आर्मीले १-१ गोलको बराबरी खेलेर अंक बाँडेका थिए । दशरथ रंगाशालामा भएको खेलमा पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरेकी थिइन् ।

 

अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ६३औं मिनेटमा आर्मीकी अमिशाले बराबरी गोल फर्काएकी हुन् । अंक तालिकामा आर्मी चाैँथाे र वालिङ पाँचाै स्थानमा रहेका छन् ।