काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलबार कोशी प्रदेशलाई ५-० ले हराएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २-२ तथा हिमा चौधरीले १ गोल गरिन् ।
आठौं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् । त्यसको २ मिनेटपछि नै विमलाले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । हिमाले २१औं मिनेटमा र अनिताले ३८औं मिनेटमा गोल गर्दा आर्मी पहिलो हाफमा ४-० ले अग्रता बनाएको थियो । अनिताले ६०औं मिनेटमा अर्को गोल गर्दै आर्मीको जित सहज बनााइन् ।
जितपछि आर्मी ६ खेलमा १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लब रहेको छ । एपिएफको १६ अंक रहेको छ । समान खेलबाट १० अंक जोड्दै कोशी भने चौथो स्थानमा छ ।
आजै भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानलाई थप मजबुत बनेको थियो । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलबार संकटामाथि ३-० को जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान ११ गोल गरिन् । संकटा ६ खेलमा ५ अंकमा रहेको छ ।