काठमाडौं । कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका हुन् ।

 

खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय सकिन १० मिनेट बाकी रहँदा ममता राउतले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।

 

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै रहेको छ । चन्द्रपुरले समान खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

 

आजै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई अहिलेसम्मकै फराकिलो गोलअन्तरले पराजित गरेको छ । सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल भएको छ ।

 

एपिएफ लिगको ८ खेलमा ७ मा जित र १ बराबरीसहित २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम ८ खेलमा अंकबिहीन तालिकाको पुछारमा रहेको छ ।