शनिश्चरे । झापाका विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थीलाई शनिश्चरे बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि अनुसन्धानसँग सम्बन्धित तीनदिने क्षमता विकास तालिम सुरु गरिएको छ ।

 

अर्जुनधारा ७ मा रहेको क्याम्पसको सभाहलमा सञ्चालित तालिममा शिक्षाका क्षेत्रमा अनुसन्धान कार्य, अनुसन्धान प्रस्तावना, शीर्षक छनोट, साहित्यको समीक्षा, अनसन्धान प्रश्न, अनुसन्धानका ढाँचा तथा विधि, तथ्यांक संकलन र विश्लेषण, नतिजाको व्याख्य र सिफारिसजस्ता विषयमा जानकारी गराइने छ ।

 

तालिम प्राध्यापकहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापाले जानकारी दिए । तालिममा सहजकर्ताहरु प्राडा विष्णु पाठक, उपप्राध्यापक रुद्र थापा र क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले सहजीकरण गरेका छन् ।

 

तालिममा शनिश्चरे बहुमुखी क्याम्पससँगै इन्द्रचन्द्र बहुमुखी क्याम्पस, कनकाई बहुमुखी क्याम्पस, गरुवा बहुमुखी क्याम्पस र सीतारमेश बहुमुखी क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीसहित ५० जना बढीको सहभागिता रहेको बताइएको छ ।

 

क्याम्पसअन्तर्गत रहेको अनुसन्धान व्यवस्थापन एकाई अध्यक्ष कमलकान्त पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा गोविन्दप्रसाद गुरागाईंले गरेका थिए ।

 

क्याम्पस प्रमुख ओलीले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, अनुगमन तथा मूल्यांकन समितिका संयोजक लोकमान श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख थापाले गरेका थिए ।