झापा । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको जानकारी दिएको छ ।

महाशाखाले आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको हुन सक्ने पूर्वानुमान गरेको छ ।

यसैगरी, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । साथै, प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ।

यस्तै, आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुर्इ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, सोमबारको मौसम पूर्वानुमानअनुसार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुर्इ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।