काठमाण्डौ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अबको तीन दिनसम्म नै मनसुनी प्रणाली बढी सक्रिय भएर ठूलो वर्षाको सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

अहिले काठमाण्डौ उपत्यकासहित देशभर आँशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र राति पनि देशभर सामान्य बदली रही केही ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।