काठमाडौं । हिजो शनिबारदेखि मनसुन निस्क्रिय बन्दै गएको छ ।

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने मौनसुन बाहिरन अझै केही दिन लाग्ने बताइएको छ । भारी वर्षा हुने सम्भावना टरे पनि अझै मध्यभागमै न्यूनचापीय रेखा रहेकाले सामान्य वर्षाको सम्भावना कायमै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली बाहिरन औसत समय अनुसार अझै १३ दिन बाँकी छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेको छ ।

अन्य वर्षहरूमा सेक्टेम्वर २३ मा मनसुन बाहिरिने समय मान्दै आए पनि यस वर्षदेखि नौ दिनपछि धकेलेर अक्टोबर २ मा मात्र मनसुनी प्रणाली बाहिरिने औसत समय तोेकेको छ ।

जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ तारिकलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।