काठमाडौं । देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ । नेपालबाट मनसुन बाहिरिएसँगै केही दिनदेखि सफा रहको मौसम आज फेरि बदलिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज बिहान हल्का वर्षा भएको छ । भोलिदेखि हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली भएको हो ।
देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाले हावाहुरी चल्ने, हुस्सु लाग्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि पनि हुनसक्ने जनाइएको छ ।