झापा । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

काठमाण्डौ उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मधेस प्रदेशका एक, दुई ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

 

नेपालमा अहिले स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यसवर्ष मनसुन चाँडो भित्रिने अनुमान गरिए पनि अहिलेसम्म मनसुनको सङ्केत नदेखिएको मौसमविद पुडासैनीले बताए ।

 

नेपालमा सामान्यतया जुन १३ अर्थात जेठको अन्तिममा मनसुन भित्रिने गर्छ । यसवर्ष यही मितिकै आसपासमा मनसुन भित्रिने मौसमविदको अनुमान छ ।