झापा । इरानलाई ३-० को सेटमा पराजित गर्दै नेपाल काभा वुमन्स नेसन्स भलिबल लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो सेट २५-२१, दोस्रो सेट २८-२६ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो।

 

जितसँगै अब नेपालले उपाधिका लागि भारतसँग बुधबार फाइनल खेल्नेछ। भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो।

 

आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेको थिएन । इरानलाई ३-२ ले नतिजा सुम्पिएको थियो। यो जितले इरानविरुद्ध नेपाल अब्बल पनि सावित भएको छ ।