झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अबैध रुपमा भारतबाट नेपाल भित्राईदै गरेको कुखुरा नष्ट गरेको छ । इलाकाले हिजो झापाको पाठामारिबाट १०६ वटा लोकल कुखुरा र नकलबन्दाबाट ३६ वटा ब्रोइलर कुखुरा बरामद गरेको थियो ।
खुल्ला सिमाना भएको कारण झापाको विभिन्न ठाँउबाट अवैध रुपमा यसरी कुखुरा तस्कारीको बाटो भएर भित्रने गर्दछन् । नियन्त्रणको लागि विभिन्न उपायाहरु अपनाई रहेको प्रहरीको भनाई छ ।
झापाको काँकरभिट्टाबाट तस्कारीको बाटो भएर लत्ता कपडा, किरानाका सामानहरु, मल खाध, मोटर पार्टस् लगायतका बस्तुहरु नेपालमा भित्रिने गरेको छ । यस्लाई नियन्त्रण गर्न प्रहरीले काम गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक महेश थापाले बताउनु भएको छ ।
काँकरभिट्टामा प्रहरीले माघ महिनामा २ लाख ९६हजार १ सय ५० मुल्य बराबारको अवैध सामान भन्सार बुभाएको र विगत ६ महिनामा ६६ लाख ८९ हजार मुल्य बराबारको मालबस्तु भन्सार दखिला गरेको प्रहरीको डाटामा छ ।