बलात्कार आरोपमा युवा संघका बेलबारीका अध्यक्ष पक्राउ

न्यूज सञ्जाल ३ भाद्र २०८०, आईतवार ०७:४५

बेलबारी । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका बेलबारी नगर अध्यक्ष काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।   मोरङको बेलबारी नगरपालिका १० घर भएका ३४ वर्षीय तामाङलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो। आफूलाई ...

झिलझिलेका व्यवसायीको घरमा आगलागी: ५० लाखको क्षति

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार १९:१८

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ । स्थानीय मोहन मैनालीको घरको पूजा कोठामा विद्युत सर्ट भई बिहान करिब ७ः३० बजेबाट आगलागी सुरु भएको हो ।   इलाका ...

मेची नदीमा डुबेर बालकको मृत्यु, एक जनाको उद्दार

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार १९:०२

झापा । मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ स्थित भानुनगर निवासी विनोद महतोका १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   बालक महतो अन्य दुईजना ...

मेचीनगरका सुन्दर किसानकाे हत्यामा संलग्न सार्वजनिक

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार १८:४९

झापा । झापाको मेचीनगर ८ का सुन्दरलाल किसानको हत्या आरोपी दुई दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नातेदार दाजुभाइलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।   सुन्दरको हत्यामा संलग्न नातेदार मेचीनगर ८ कै ५६ वर्षीय रामजी किसान र ...

तेह्रथुममा करेन्ट लागेर बृद्धाको मुत्यु

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार ०७:४०

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ३ स्थित नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।   घरको मूलढोका ...

फिफा रेफ्री बिक्रम चौधरीको निधन

न्यूज सञ्जाल १ भाद्र २०८०, शुक्रबार २१:५२

झापा । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिगसमेत खेलाएका ४० वर्षीय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।   सर्लाही घर भइ हाल विभागीय ...

मेचीनगरका युवाको हत्यामा संलग्न दुई जना पक्राउ

न्यूज सञ्जाल १ भाद्र २०८०, शुक्रबार २१:३२

झापा । झापाको मेचीनगर नगरपालिका ८ निवासी ४३ वर्षीय सुन्दर किसानको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । सुन्दरको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   उनको हत्या आफन्तजनबाटै भएको र ...

मेची अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध

न्यूज सञ्जाल १ भाद्र २०८०, शुक्रबार ०८:१०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि मेची (प्रादेशिक) अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ ।   वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को तदारुकतामा एक महिनाअघि ...

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी, चौकीदार र कैदीको संलग्नताः छानबिन समिति

न्यूज सञ्जाल ३२ श्रावण २०८०, बिहीबार १७:३४

संखुवासभा । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका हुन् ।   ...

झापाको मेचीनगरमा युवकको विभत्स हत्या

न्यूज सञ्जाल ३२ श्रावण २०८०, बिहीबार १७:१०

मेचीनगर । झापाको मेचीनगर ८ मा एक जना युवकको विभत्स हत्या भएको छ । मेचीनगर ८ का ४३ वर्षीय सुन्दर किसानको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।   हिजो (बुधबार) बेलुका खाना खाएर उनी घरबाट निस्केका थिए ...

1 151 152 153 154 155 741
×