लखनपुरबाट चोरिएको मोटरसाइकलसहित चुलाचुलीका २ जना पक्राउ

न्यूज सञ्जाल ३२ श्रावण २०८०, बिहीबार ०७:१०

झापा । झापामा दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापामा भएकाे घटनामा इलाम चुलाचुलीका २ जना युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका ३ स्थित मंगलसिद्दी बजार बस्ने २७ वर्षीय ...

साढे २४ करोड ठगी गर्ने गौरादहका दम्पती कारागार चलान

न्यूज सञ्जाल ३२ श्रावण २०८०, बिहीबार ०६:५३

झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ ।   झापा जिल्ला अदालतले मंगलबार गौरादह १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि ...

विहार लाँदै गरेको ३ लाखको मदिरा बरामद

न्यूज सञ्जाल ३१ श्रावण २०८०, बुधबार ०८:४४

झापा । दक्षिणी झापाका सिमावर्ती नाकाबाट भारतको विहार लैजाने मदिरा तस्करी अझै रोकिएको छैन । सशस्त्र प्रहरीले भारततर्फ लगिरहेको आशंकामा ठुलो परिमाणको मदिरा झापा गाउँपालिकाबाट बरामद गरेसँगै सिमावर्ती नाकाबाट मदिरा तस्करीको घटना मौलाएको हो ।   सशस्त्र प्रहरी बल बोर्डर ...

पाडाजुँगीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ३१ श्रावण २०८०, बुधबार ०८:०१

दमक । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत झापाको कमल ५ स्थित पाडाजुँगीमा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय नम्बर प्लेट भएको कारले विपरीत दिशातर्फ आइरहेको मे. ७ ...

भगिनी सम्बन्धका लागि जापानी टोली अर्जुनधारामा

न्यूज सञ्जाल ३० श्रावण २०८०, मंगलवार १९:४७

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि जापानी टोलीको एक प्रतिनिधि मण्डलले प्रारम्भिक छलफल गरेको छ ।   जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानको तोनो सिटीका मेयर तादा काजुहिकाेसँग भगिनी सम्बन्धका लागि पहल गरेका थिए ...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

न्यूज सञ्जाल २९ श्रावण २०८०, सोमबार ०७:५९

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।   सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार बिहान ४ ...

कैदीबन्दी मृत्यु प्रकरणमा प्रसनि पक्राउ, कारागार प्रमुख फरार

न्यूज सञ्जाल २९ श्रावण २०८०, सोमबार ०७:४३

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दी मृत्यु प्रकरण मुछिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रसनि चौधरीसहित कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।   चौधरीलाई आइतबार ...

बाढीले कागबेनीका १५ घर, प्रहरी चौकी र पुल बगायो

न्यूज सञ्जाल २९ श्रावण २०८०, सोमबार ०७:३६

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको ...

हेर्दा हेर्दै बिरिङ खोलाको पुल भासियो (भिडियाेसहित)

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार १९:१४

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । आज बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो।   पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध ...

दमकबाट ब्राउन सुगरसहित पुजन र सचिन पक्राउ

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार ०९:२४

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद र मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो (शनिबार) राति अन्दाजी ९ः३० बजे दमक ...

1 152 153 154 155 156 741
×