सीमाबाट लुकेर छिरेका थिए रुपन्देहीका संक्रमित

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार १८:२९

रूपन्देही । रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका कोरोना संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ । भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल हिँडेर वैशाख ५ गते सीमाबाट लुकेर गाउँ छिरेका थिए । ट्रक र पैदल ...

झापामा विपन्नका लागि ‘एकका लागि एक’ अभियान सुरु

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार १८:१८

बिर्तामोड । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो लोककल्याणकारी अभियान सुरु गर्नुभन्दा अगाडि यसका परिकल्पनाकार महेन्द्रकुमार गिरीले ...

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना (आइतबारसम्मकाे विवरण)

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार ०९:४६

काठमाडौं । देशको पश्चिमी भूभागमा आज मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । ...

उदयपुरको क्वारेन्टाइनभित्रै आत्महत्या

न्यूज सञ्जाल १९ बैशाख २०७७, शुक्रबार ०९:२८

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । सातायता क्वारेन्टाइनमा बसेका ती युवकले भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन् ...

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार २०:१२

दाङ । बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी ...

सन्देशमुलक प्लेकार्ड पढाउँदै शनिश्चरेमा फेरि उभ्याउन सुरु

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार १९:२५

अर्जुनधारा । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई फेरि झापाको अर्जुनधारास्थित शनिश्चरे बजारमा सुरक्षाकर्मीले उभ्याउन सुरु गरेको छ । शनिश्चरे प्रहरी चौकी र अस्थायी ट्राफिक पोस्ट शनिश्चरेले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई यसअघि पनि उभ्याउँदै आएको थियो । तर, केही समय अनावश्यकरुपमा हिँडडुल ...

ब्रेकिङ समाचारका नाममा हतारो नगर्न आग्रह

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार १७:५५

बिर्तामोड । कोरोना भाइरस महामारीको संवेदनशील घडीमा सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्ने र सामाजिक सदभावलाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । बिहीबार भएको भिडियो कन्फ्रेन्समा सरोकारवालाहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र ...

झापासहित सात जिल्लामा दादुराको प्रकोप, दुई जनाको मृत्यु

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार १७:३७

बिर्तामोड । नेपालमा विभिन्न जिल्लामा देखिएको दादुराको प्रकोप नियन्त्रणमा आएको छ । झापासहित सातवटा जिल्लामा दादुराको प्रकोप देखिएको थियो । पुसदेखि देखिएको प्रकोप नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ...

शरणार्थी शिविरमा फेरि आगलागी, १७ लाख क्षति

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार १७:३०

झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । विहीबार बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाँई घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ...

कोरोना भाइरस निको हुन कति समय लाग्छ ? बीबीसीकाे रिपाेर्ट…

न्यूज सञ्जाल १८ बैशाख २०७७, बिहीबार १७:२०

बेलायती प्रधानमन्त्री बोरिस जोनसम कोरोना भाइरसबाट निको भएर काममा फर्केका छन् । तर, कतिपय बिरामीलाई पूर्णरूपमा निको भई फिर्ता हुन लामो समय लाग्न सक्छ । निको हुने समय सुरुमा तपाईँ कुन चरणको बिरामी हुनुहुन्थ्यो भन्नेमा निर्भर हुन्छ । केही व्यक्तिहरू ...

1 586 587 588 589 590 751
×