fbpx

पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु

न्यूज सञ्जाल १२ पुष २०७७, आईतवार १६:४१

इलाम । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय ...

ताप्लेजुङको पर्यटकीय पदमार्ग मासिँदै

न्यूज सञ्जाल १० पुष २०७७, शुक्रबार १६:५७

दिलकुमार लिम्बू, फुङ्लिङ । केही वर्ष अगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङको पदमार्गमा अहिले चारैतिर सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, लालीखर्कका राजकुमार विष्ट अहिले लगभग ३५ वर्ष पुग्नुभयो । उहाँलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजङ्घा ...

सय गन्तव्यमा परेको पटेक डाँडा पर्यटकको प्रतिक्षामा

न्यूज सञ्जाल ९ पुष २०७७, बिहीबार ०८:०९

धनकुटा । सरकारले सय गन्तव्य सूचीमा राखेको पटेक डाँडा यतिखेर सुनसान छ। देशका प्रमुख सय गन्तव्यमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेपनि पर्यटक आवागमन न्यून रहेको छ। पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसार कमीले पटेक डाँडा पर्यटकको रोजाइमा पर्न ...

ताप्लेजुङको हिमाली बस्तीमा आलुको बीउ अभाव

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार १६:४९

फुङलिङ । ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका-६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य ...

राजश्व संकलनमा ताप्लेजुङ ट्राफिकको रेकर्ड

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार १६:५२

ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै १ लाख ७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति ...

ताप्लेजुङको सुन्तला औँसा प्रकोपले सखाप

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार १६:३४

ताप्लेजुङ। करीब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आउनुभएका ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का तीलबहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित हुनुहुन्छ । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा ...

सिलगढी-चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढ्दै

न्यूज सञ्जाल ७ पुष २०७७, मंगलवार १६:२५

झापा । झापाको मेचीनगरपालिका १३ स्थित चारआलीमा सिलगढी-चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो । विसं २०७३ मा नेपाल आयल निगमले खरिद ...

इलामको ‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १७:५४

किरण पौड्याल, इलाम । बिदाको समयमा घुम्न कहाँ जाने ? इलाम सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ- दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय-रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने ...

६ करोडमा निर्माण भएको इलामको शीतभण्डार प्रयोगविहीन

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १७:०४

इलाम । नौ वर्षअघि इलाम नगरपालिकाले छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा ...

समिल राईको नेतृत्वमा झापाका आल्मुनियम व्यवसायी संगठित

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १६:५०

बिर्तामोड । झापा जिल्ला आल्मुनियम तथा स्टील व्यवसायी संगठित भएका छन् । जेसिका आल्मुनियम बिर्तामोडका सञ्चालक समिल राईको नेतृत्वमा आल्मुनियम व्यवसायी संगठित भएका हुन् । झापाका आल्मुनियम तथा स्टील व्यवसायीहरुको सोमबार बिर्तामोडमा भएको भेलाले समिल राईको अध्यक्षतामा झापा जिल्ला आल्मुनियम ...

1 84 85 86 87 88 161
×