थाइल्यान्डमा अर्जुनधाराका शैलेशलाई स्वर्ण र सम्भतलाई रजत
शनिश्चरे । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेको सम्यतका बुवा सन्तोष थापाले बताए ...