अर्जुनधारा,झापा । प्रत्येक तीन वर्षमा रुपरत्न हरि प्रतिष्ठान अर्जुनधारा–७ले प्रदान गर्ने विशिष्ठ चिकित्सासेवी सम्मानबाट यस वर्ष वरिष्ठ चिकित्सक डा.महेशप्रसाद खकुरेल सम्मानित भएका छन् ।
स्थानीय रुपरत्न मेमोरियल बोर्डीङ स्कूलको संयोजनमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा उनले पु¥याएको उल्लेखनीय योग्दानको मूल्याङ्कन गर्दै प्रतिष्ठानले डा.खकुरेललाई सम्मानित गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.लोकराज बराल, प्रतिष्ठानका अध्यक्ष हरिलाल श्रेष्ठलगायतले सम्मानित व्यक्तित्वलाई नगद पुरस्कार ५१ हजार, विशिष्ट अलंकार र सम्मान पत्र प्रदान गरेका थिए । सम्मानित व्यक्तित्वको संक्षिप्त परिचय प्रतिष्ठानका महासचिव लोकनाथ पौड्यालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणी ढकाल, रुद्र–गौरी ओली प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगा ओली, सुशेली साहित्य प्रतिष्ठानका अध्यक्ष पूण्यप्रसाद खरेल, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, प्रतिष्ठानका सल्लाहकार सदस्य दुर्गालाल श्रेष्ठ, गीतकार शिवशंकर थापालगायतको आतिथ्यता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरोजकुमार ओलीले र धन्यवाद ज्ञापन सदस्य दिपेन्द्र ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव पूण्य बरालले गरेका थिए । यस अघि उक्त सम्मानबाट डा.भीष्मराज प्रसाईंलाई सम्मानित गरिएको थियो ।