अखिल नेपाल फुटबल संघ (एन्फा)का अन्तर्राष्ट्रिय समिति प्रमुख तथा अध्यक्ष कर्माछिरिङ शेर्पाका सल्लाहकार नवीन पाँडेले सोमबार राजीनामा गरेका छन्। शेर्पा र उनको समूहलाई एन्फा नेतृत्वमा पुर्‍याउन भर्‍याङको भूमिका निर्वाह गर्दै लामो समय खर्चेका पाँडेले आफ्नै अजेन्डा भारी गह्रौं ठानेर राजीनामा दिए। गत वर्ष एन्फाको निर्वाचनमा शेर्पा समूहलाई विजयी गराउने अभियानको नाम नै पाँडेहरूले ‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली फुटबल’ भनेर दिएका थिए। शेर्पा पक्षको सत्तारोहणका लागि झन्डै ८ वर्ष खर्चेका पाँडेले अचानक राजीनामा दिएपछि त्यही विषयमा नेपालन्युजका अजय फुयालसुजन श्रेष्ठले उनीसँग गरेको कुराकानीको संक्षेप :

‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली फुटबल’को अभियानमा सक्रिय भएर लाग्नुभएको थियो। एक्कासि छाड्दिनु भयो नि ?

मैले छाडेको छैन। यसले निरन्तरता पाउँछ। यो एक अभियान हो। जबसम्म नेपाली फुटबल राम्रो लयमा आउँदैन, ‘चेन्ज एन्फा’ले निरन्तरता पाउँछ। संस्थाबाट मात्र राजीनामा दिएको हो। फुटबल छाडेको होइन।

‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली फुटबल’ अभियानमा असफल हुनुभएको हो ?

चेन्ज भन्ने निरन्तर प्रक्रिया हो। सबै कुरा हातमा हुँदा पनि चेन्ज गर्न नसकिने अवस्था देखेरै मैले एन्फाबाट राजीनामा दिएको हुँ।

‘चेन्ज एन्फा’ अभियानको भावनाअनुसार नेतृत्वले काम गर्न सकेन भन्न खोज्नुभएको हो ?

हो, स्पिरिटअनुसार काम भएन। त्यो एकदमै छर्लङ्ग छ। हामी जुन उद्देश्य लिएर आयौं, त्यो पूरा गर्न कुनै मेकानिज्म पनि भएन। कुनै प्रोफेसनालिज्म पनि भएन।

यो एउटा दिवास्वप्न मात्र भयो। कुरा गर्दा राम्रो सुनिने। हिजो हामीले गरेकै कुरा फेसबुकवालमा मेमोरीका रूपमा आउँछन्। त्यसले आफैंलाई गिज्याउँछ। अब आफैंलाई गिज्याइ–गिज्याइ निरन्तरता दिनुको कुनै अर्थ देखिनँ मैले।

नेतृत्वसँग के कुरामा असन्तुष्टि रह्यो ?

‘चेन्ज एन्फा’ अभियानमा हामीले सुरुबाटै पारदर्शिताको कुरा उठाएका थियौं। पारदर्शिता भनेको के होरु हिजो यसलाई हामीले एउटा सिद्धान्त मान्यौं। सिद्धान्त मात्र त चल्दैन, त्यसलाई व्यवहारमा पनि लागू गर्नुपर्‍यो।

त्यसो हो भने अहिले एन्फा पारदर्शी छैन ?

कुनैकुनै कुरामा हिजोभन्दा पारदर्शिता भए होलान्। तर, हिजो हामी यत्रो मुद्दा लिएर आएपछि मैदानभित्र पारदर्शिता हुनुपर्‍यो। व्यवस्थापनमा पारदर्शिता हुनुपर्‍यो। त्यसका लागि कुनै न कुनै क्राइटेरिया त हुनुपर्‍यो नि।

हामीले गरेकै कुरा फेसबुकवालमा मेमोरीका रूपमा आउँछन्। त्यसले आफैंलाई गिज्याउँछ। अब आफैंलाई गिज्याइगिज्याइ निरन्तरता दिनुको कुनै अर्थ देखिनँ मैले।

साधारण मान्छेले पनि यो कारणले यो भएको हो भन्ने बुझ्नुपर्‍यो नि । यो कारणले प्रशिक्षक नियुक्त गरेको हो। यो कारणले प्रविधिक निर्देशक चुनेको हो। यसकारण यसले यो तालिम लिन गएको हो भन्ने कुराको क्राइटेरिया त हुनुपर्‍यो नि। कसैलाई जागिर दिँदा यो यो आवश्यकताको कारणले गर्दा यो यो योग्य भएर नियुक्त गरिएको भन्ने त हुनुपर्‍यो नि। त्यो जस्टिफिकेसन कतै पनि छैन।

यो जस्टिफिकेसन मेरा लागि होइन। हामीले लडेको समस्त नेपाली फुटबल विकासको अजेन्डाका लागि हो। यस्ता क्रियाकलापले समस्त नेपाली फुटबललाई कुनै पनि किसिमको सहयोग पुग्दैन। यसरी त व्यक्ति र गुटलाई मात्र सहयोग पुग्छ। त्यस्तोमा नवीन पाँडेको साथ हुँदैन।

सुरुमा तपाईं आफै विवादित हुनुभयो। जर्मन नागरिक, विदेशी नागरिकलाई प्रतिनिधि बनाइयो भनेर धेरै विवाद आए। खास कुरा के हो ?

विवाद त जुनसुकै काममा पनि हुन्छ। राम्रो वा नराम्रो दुवै काम गर्दा हुन्छ। यो विवादचै सबै बुझेकै मान्छेले गरेकाले मलाई चित्त दुखेको हो। अलि पूर्वाग्रहीजस्तो भएर आयो। दुवै पाटो बाहिर आएको भए मलाई केही समस्या हुँदैनथ्यो। त्यो केही सत्य पनि हो तर पूर्ण सत्य होइन।

यो नेतृत्वलाई एन्फाको सत्तामा पुर्‍याउन दिनरात नभनी लाग्नुभयो। केही समय यो नेतृत्वको बचाउमा सबैखाले तर्ककुतर्क गर्नुभयो। अहिले एक्कासि नेतृत्वबाट अलग भइरहँदा हिजो तपाईंले गोलबद्ध गरेका मान्छेहरूप्रति अन्याय गरेजस्तो लाग्दैन ?

अन्याय होइन। मेरो हातमा कुनै रोग लाग्यो भने मसँग दुईवटा उपाय हुन्छ कि मैले त्यो रोगलाई निर्मुल गर्न सक्नुपर्‍यो या पूरै शरीरमा फैलन नदिन हातै काटेर फाल्नु पर्‍यो। कुनै पनि व्यवसाय वा व्यवस्थापनमा एक्जिट प्लान हुनुपर्छ। मेरो यो एक्जिट प्लान नै हो। म यसभन्दा बढी विवादित भएर बस्न सक्दिनँ। मभन्दा सक्षम अरु पनि हुन सक्छन्। म मात्र त होइन, त्यसले अरुको ठाउँ ओगटेर बस्नु हुँदैन भनेर खाली गरिदिएको हो।

तपाईंको गुनासो नेतृत्वसँग मात्र हो ?

पक्कै पनि। नेतृत्वले जुन उद्देश्य लिएर आएको थियो, त्योे कस्मेटिक मात्र देखियो। मान्छेहरूलाई भुलभुलैयामा राख्ने काममात्र भएजस्तो लाग्यो किनकि त्यसमा कुनै मेकानिजम नै छैन। सयौं कुरा गरेको छ। काम केही छैन।

जुन उद्देश्य लिएर नेतृत्व आएको थियो, त्योे कस्मेटिक देखियो। मान्छेलाई भुलभुलैयामा राख्नेमात्र भएजस्तो लाग्यो किनकि त्यसमा कुनै ‘मेकानिज्म’ छैन। सयौं कुरा गर्‍या छ, केही काम गर्नु छैन।

ब्रुस लीले हजार फरक किक अभ्यास गर्ने मान्छेसँग भन्दा एउटै किक हजार चोटी अभ्यास गर्नेसँग डर लाग्छ भन्नुहुन्थ्यो। हामीले पनि हाम्रो संरचनाअनुसार, हाम्रो योजनाअनुसार, बरु थोरै काम गरेर फुटबललाई विकास गर्न सकिन्छ भन्ने मेरो विचार हो। तर, यहाँ त लोकप्रिय बन्नका लागि देखावटी काम मात्र भए, जुन मेरो शैली होइन।

हुन त मेरो शैलीमै काम हुनुपर्छ भन्ने होइन। म त नेतृत्वको एउटा सानो सहयोगी मात्र हो। मैले भनेअनुसार चल्नुपर्छ भन्ने छैन। अब चलाउन सक्नेहरूले चलाउनु हुन्छ। म आफ्नो तरिकाले नेपाली फुटबल विकासका लागि के योगदान गर्न सक्छु, त्यतातर्फ लाग्छु।

अब ‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली’ अभियान फुटबल कहाँ पुग्यो ?

हिजो पनि चेन्ज आवश्यकता थियो। ‘चेन्ज एन्फा’ अभियानमा लागियो। आज पनि एन्फामा चेन्ज गर्नुपर्ने अवस्था छ। त्यसैले यो अभियान निरन्तर चलिरहन्छ।

अब कसरी अघि बढ्छ ?

मैले अगाडि पनि भने। फेसबुकको मेमोरीले मलाई दिनहँु गिज्याउँछ। हिजो बोलेअनुसार किन काम भएन भनेर नेतृत्वले प्रमाणसहित बुझाउन सक्नुपर्‍यो। कहिलेकाहीँ म पनि अन्धो हुन सक्छु। मैले हरियो चश्मा लगायो भने हरियोमात्र देख्न सक्छु। म पनि गलत हुन सक्छु। मैले पनि नबुझेको हुन सक्छ कि नेतृत्वले यो यो काम गर्दैछु भनेर बुझाउनु पर्‍यो नि । एउटा टाइम लाइन त हुनुपर्‍यो नि ।

अब तपाई पनि नेतृत्वसँग अलग रहेर प्रश्न गर्नुहुन्छरु प्रश्न गर्ने तपाईं एक्लो हुनुहुन्छ कि तपाईंका पछाडी चेन्ज एन्फा अभियानका अरु पनि छन् ?

हो । हिजो हामीले जुन काम गरेका थियौं, आज पनि त्यही काम गर्छौै।

अरु साथीहरू पनि छन्। कतिपय साथीहरू पदमा हुनुहुन्छ। सबैजनाले पद छाड्न पनि हँुदैन। तर, उहाँहरू पनि नेतृत्वको गतिविबिाट खुसी छैनन्। हामी फुटबललाई नै असर पर्ने गरी काम गर्दैनौं। तर, फुटबललाई सही बाटोमा ल्याउन गर्नुपर्ने आवश्यक सबै काम हामी गर्छौं। नेतृत्वलाई जवाफदेही बनाउँछौं।

तपाईंपछि अब कसको राजीनामा आउँछ ?

म यसरी अनुमान गर्न चाहन्नँ। राजीनामै नआए पनि खुसी चै छैनन्। विजयनारायण मानन्धर दाइले अनुशासन कमिटीबाट राजीनामा दिइसक्नुभएको छ। मलाई धेरै साथीभाइले राजिनामा दिन्छु भनेर सल्लाह माग्नुहुन्छ। मैले मेरै बाटोमा जानुपर्छ भन्ने छैन भनेर सम्झाइरहेको छु। कतिपय कुरामा त मेरो अपेक्षा पनि ठूलो हुन्छ।

विधान खै एन्फाको रु फिफाको एउटा, राखेपको अर्कै । त्यो त एउटा बनाएर भित्तामै टाँसिदिए हुन्छ। पारदर्शिता भनेको त्यही हो। नेतृत्वले देखावटी काममात्र गरेको छ ।

मेरो आफ्नै स्ट्यान्डर्ड छ। त्यो स्ट्यान्डर्डबाट मैले आफूलाई तल झार्न पनि सक्दिनँ। तर, सबै साथीहरूको त्यही स्ट्यान्डर्ड नहुन सक्छ। उहाँहरूले ठूलो अपेक्षा गर्नुभएको छैन। अपेक्षा पूरा हुँदासम्म किन छाड्नु। म अरुलाई बहकाएर अनावश्यक रूपमा आफ्नो उद्देश्यमा कुदाउने काम गर्न चाहन्नँ।

हिजो चै बहकाएरै कुदाएको हो ?

यस्तो हो, हिजो मान्छेहरूसँग विकल्प थियो। मैले कसैलाई घरमा खान बोलाउँदा पाहुनालाई बनाएका सबै परिकार लिन प्रस्ताव गर्छु। तर, उसलाई के मन पर्छ भन्ने कुरा उसको रोजाइ हो। त्यस्तै हिजो पनि फुटबल अभियानमा मानिसहरूसँग रोजाइ थिए। ‘चेन्ज एन्फा’ मन पर्नेहरू समाहित भएका हुन्।

जवाफदेही नेतृत्वमात्र कि तपाईं पनि हुनुपर्छ रु जवाफदेही हुने हो भने हिजो मैले बोलेका कुरा, हिजो मैले बोकेका मान्छेहरू गलत रहेछ भनेर फुटबल समर्थकसँग तपाईले माफी माग्नु पर्दैन ?

पर्दैन। कुनै पनि हालतमा पर्दैन किनकि यो त चेन्जको निरन्तर प्रक्रिया हो। मैले हिजो गरेको कुरा गलत हो भनेको होइन। हिजो बोलेका कुरा नेतृत्वले कार्यान्वयन गर्न नसकेको मात्र हो। मैले आफूले निर्णय गर्ने त होइन नि, म त एउटा सानो सल्लाहकार मात्र हो। मैले विशेष गरी अन्तर्राष्ट्रिय सम्बन्धनका क्षेत्रमा काम गरेको थिए।

म कार्यसमितिमा पनि छैन। मेरो मताधिकार पनि छैन। तर, हिजो सामूहिक नेतृत्वको कुरा आयो। हिजोचै सबै निर्णय सामूहिक रूपमा गर्नुपर्ने, अब अहिलेचै नेतृत्वले कुनै पनि सल्लाह गर्न नपर्नेरु सबै कुरा निर्णय भएपछि थाहा हुन्छ।

म पनि एउटा सल्लाहकार हो नि। सल्लाहकारको हिसाबले सरसल्लाह गर्नुपर्‍यो। त्यो पनि हँुदैन। अब कतिपय काम गर्नका लागि हामीले दिएको सल्लाह सही छ भन्दाभन्दै पनि लागू हुँदैन।

तपाईंका के सल्लाह लागू भएनन् ?

मैले अगाडिदेखि भन्दै आएको हो। फुटबल भनेको अनुशासन हो। अनुशासनको महत्व मैदानमा खेल्दा र मैदानबाहिर प्रशासन चलाउँदा पनि उत्तिकै हुन्छ। खेलाडीले एन्फाको हलमा त्यत्रो बबन्डर मच्चाए। तर, आफ्नो जागिर जोगाउनका लागि कुनै पनि अनुशासनको कारबाही भएन। मैले त्यस्तो खेलाडीलाई कम्तीमा पोजेटिभ पनिसमेन्ट त दिनुपर्‍यो भनेको थिए।

एन्फामा हेरौं। कतिजना मान्छेले कति बजेदेखि कति बजेसम्म काम गर्छ भन्ने कुनै रेकर्ड हुँदैन। केही पनि छैन। यस्तो कुराले त हरेक दिन आफैंले आफंैलाई मार्ने काम मात्र हुन्छ किनभने हामी भनेको प्रोफेसनल्ली कसरी सहयोग गर्ने भन्ने भावनाको मानिस हो। मैले राजनीतिक कुरा गरेर सबै राम्रो भइरहेको छ भनेर मात्र त फुटबल अघि बढ्दैन नि।

व्यवसायिकता ल्याउनुपर्‍यो समयमा यो काम गर्ने। कुन काम कसले गर्ने भन्ने हुनुपर्छ। योजनाअनुसार काम भएको छ कि छैनरु कसले निरीक्षण गरिरहेको छरु योजनाअनुसार काम नभए, गल्ती कहाँ भयोरु आफूले गर्नुपर्ने काम के होरु त्यो त हुनुपर्‍यो नि । काम गर्दा गल्ती त हुन्छन् तर, गल्ती दोहर्‍याइराख्नु चाहिँ मूर्खता हो।

गल्ती चाहिँ के दोहोरिएछ ?

हिजो गणेश थापाज्यूको पालामा मान्छेहरूलाई विदेश पठाएर व्यवस्थापन गर्‍यो भन्ने आरोप थियो। आज के फरक भइराखेको छरु सानो उदारणका लागि बालगोपाल महर्जनलाई अहिले फिफामा प्राविधिक निर्देशक भनेर पठाइराखेको छ। अरु जनताका योग्य छोराछोरीले त्यो अवसर पाउने कि नपाउने ?

एन्फाले कमसेकम आन्तरिक रूपमा आवेदन दिएर प्रतिस्पर्धा गर्ने मौका त दिनुपर्‍यो। यो देशमा बालगोपाल मात्रै छन्रु अरु छैनन्रु उपेन्द्रमान सिंह अहिले उपाध्यक्ष छन्। उनी अहिले इन्स्ट्रक्टर कोर्स गर्न गइराछन् फिफामा। अनी अरु चै बन्दै नबन्नेरु हिजो पनि त्यही व्यक्तिहरू, आज पनि त्यही व्यक्ति, अनि हिजैको निरन्तरता भइराखेको छैन त सबै कुराहरू ?

राष्ट्रिय टोलीको व्यवस्थापक हरेक खेलमा परिवर्तन हुन्छ। खै त एकरूपतारु यदि राम्रो नभएको हो भने छान्ने बेलामै राम्रो छान्नुपर्‍यो। छान्दा पनि एउटा क्राइटेरिया हुनुपर्‍यो। यो पदका लागि चाहिने न्यूनतम आवश्यकता यो हो। प्रशिक्षकबाट हामीले यो अपेक्षा गर्छौ। टिम व्यवस्थापकबाट यो अपेक्षा राखेका छौं भनेर स्पष्ट त हुनुपर्‍यो नि। केही छैन।

एन्फामा अहिले अर्थिक अपचलन भइराखेको छ भन्छन नि ?

यसबारे मलाई विस्तृत रूपमा थाहा भएन। तर, मलाई के लाग्छ भने, अडिट एन्ड कम्प्लान्स कमिटीले डिडिआर गरेर प्रतिवेदन नै तयार गरेको छ। उहाँहरूले ६५ पेजको प्रतिवेदन तयार गर्नुभएको छ। त्यसमा कहाँकहाँबाट कसरी आर्थिक अनियमितता भएको प्रष्ट छ।

चेन्ज एन्फा अभियानमा कसरी जोडिनुभयो ?

सन् २०१२ मा हिमालयन शेर्पा क्लबमा व्यवस्थापकका रूपमा काम गर्ने मौका पाएको थिएँ। त्यहाँ जे कुरा गरे पनि एन्फासँग ठोकिनु पर्ने। एन्फासँग काम गर्न एकदम गाह्रो। एन्फामा काम गर्नु पर्दा निरास मात्र हुनुपर्ने।

मलाई याद छ, जगजीत श्रेष्ठलाई जर्मनी पठाउने बेलामा यति धेरै मिहिनेत गर्नुपर्‍यो। नेपालको एउटा खेलाडीले जर्मनीको स्टुटगार्टजस्तो क्लबमा ट्रेनिङ गर्ने अवसर मिलाउँदा पनि एन्फाबाट असहयोगमात्र हुने। त्यहाँ गएर सबलाई हात जोड्नुपर्ने। यी सबै कुराले मलाई साह्रै चोट पुर्‍यायो।

खेलाडीलाई सम्मान नै छैन। जुन खेलाडीका कारण संस्था चलिरहेको छ, उनीहरूकै सम्मान छैन। यी सबै कारणले गर्दा ‘चेन्ज एन्फा’को अवधारणा आयो। अघि बढ्यौं। अहिले पुनः त्यही कुरा भइराखेका छन्। त्यसैले ‘चेन्ज एन्फा’को सान्दर्भिकता झनै बढ्यो कि जस्तो लाग्छ।

एन्फाका सबै पदाधिकारी असन्तुष्ट छन् भने नेतृत्वले कसरी निर्णय गरिरहेको छ ?

यो एकदम रोचक प्रश्न छ– कसरी भइरहेको छ। कहाँबाट भइरहेको छ कसैले बुझ्न सकेका छैनौं। हामी सबै अचम्ममा परिरहेका छौं। निर्णय नभएका होइन, भइरहेका छन्। तर कहाँबाट भइरहेको छ, मलाई थाहा छैन।

नेतृत्वलाई सही बाटोमा फर्काउने उपाय के हो ?

‘चेन्ज एन्फा’को जुन मुद्दा थियो। त्यसका लागि मेकानिज्म बनाउनुपर्‍यो। त्यो मेकानिजम हामीले ल्याउने हो। नेतृत्वले मेकानिजम बनाउँछु भन्छ। आर्थिक नियमावली, कर्मचारी नियमावली बनायौं भन्छ। तर, कर्मचारी नियमावली आएपछि कतिजना मान्छेहरू भर्ना भएरु आर्थिक नियमावली आएपछि कति काम भयोरु कार्यान्वयन त हुनुपर्‍यो नि ।

नेतृत्वले सब झुटको खेती गरिरहेको छ भन्न खोज्नुभएको हो ?

मेकानिज्म नै छैन भने सबै झुटो नै त भयो नि। सुरुआत नभएको होइन। तर, गर्न नजान्या हो कि नगर्‍या होरु अहिले फाइनान्स डाइरेक्टर राख्ने कुरा गरेको छ। त्यो कुरा गर्दैमा ठूलो भएन। त्यो छान्न खै त छनोट समितिरु ड्राइभरको जाँच कन्डक्टरले लिन्छरु त्यसका लागि एक्सपर्ट चाहियो नि । खै त एक्सपर्ट प्यानल ?

विधान खै एन्फाको ? फिफाको एउटा, राखेपको अर्कै । त्यो त एउटा बनाएर भित्तामै टाँसिदिए पनि हुन्छ। पारदर्शिता भनेको त्यो हो। नेतृत्वले देखावटी काम मात्र गरेको छ।