झापा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

हाल प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

शनिबार देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

आइतबार प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।