काठमाण्डौ । आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कडेलका अनुसार आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहने उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । प्रि-मनसुनको समय भएकाले चट्याङ र हावाहुरीको जोखिम हुने भएकाले विशेषगरी खेतबारीमा काम गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।