झापा । अपरान्हपछि देशको पश्चिमी भूभागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ । देशको उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।