काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

शुक्रबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।