काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ।

आज सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँहरुमा आंशिक बद्ली भए पनि देशका धेरैजसो ठाउँमा भने मौसम सफा नै रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रको मौसम सफा रहने छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले केही दिन मौसम सफा नै रहने उहाँले बताउनुभयो ।