काठमाडौँ । देशको पूर्वी भूभागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भूभाग लगायत देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक, दुई स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।