काठमाण्डौ । आजदेखि फेरि प्रिमनसुन थप सक्रिय भएको छ ।

मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रिमनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । प्रदेश १ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पर्सिदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जानेछ ।

अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ । दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।