काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। र, प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।