काठमाडौँ । पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ।
मौसम पूर्वानुमान महाशाखाले ताउ(ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ।
‘अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ। यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको देखिन्छ। देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ,’ महाशाखाले भनेको छ।
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ(ते को प्रभाव रहेको महाशाखाले जनाएको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ ४ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ।
२०७८ जेठ ५ गते (बुधबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
२०७८ जेठ ६ गते (बिहिबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १, २ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १, २ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १, २ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १, २ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।