काठमाण्डौ । आज प्रदेश १, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको विज्ञले बताएका छन् । यस्तै, नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विज्ञको आग्रह छ । आज दिनभरि नै मौसम बद्ली रहने मौसमविद्ले बताएका छन् ।