काठमाण्डौ । अहिले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज वाग्मती प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।

यस्तै, आज राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

भोलि पनि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । अबका केही दिन सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।