काठमाडौँ । हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।