झापा । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

 

त्यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।