काठमाडौँ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । जसका कारण बिहीबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने हुनेछ । महाशाखाले जनाए अनुसार सुदूरपश्चिम र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

शनिबारसम्मै पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।