लिलक सिटौला,
इलाम क्याम्पसमा मेरो परिचय नेविसंघको कार्यकर्ताको रुपमा बन्दै गएको थियो । मैले साथीहरुलाई परिचय दिने क्रममा पनि नेविसंघ जोडेरै दिने गरेको थिएँ । किन भने मैले शनिश्चरे माविमै नेविसंघको अध्यक्ष भएर सबै कुरा सिकेको थिएँ । त्यसबेला इलाममा धेरै प्रभावशाली पञ्च नेताहरु हुनुहुन्थ्यो । जस्तै, लिलाबहादुर दाहाल, चन्द्रबहादुर खड्का, यामप्रसाद चापागाईं, कालिका कार्की, डिकबहादुर कोइराला, सरस्वती राई, सोमनाथ बाँस्तोला, चन्द्रकान्त भट्टराई, धर्मराज नेम्बाङ (सुम्बेक), पासाङ गोपर्मा (आइतबारे), लीलादेवी श्रेष्ठ (पशुपतिनगर), ज्ञानीलाल श्रेष्ठ (फिक्कल)लगायत अरु धेरै पञ्चायत व्यवस्थाका कट्टर समर्थक र प्रभावशाली नेताहरुको इलाम जिल्ला खानी भने पनि हुन्थ्यो ।

 

म इलाममा आएको केही महिनामा गज्जबको अनुभूति भएको थियो । २०३७-३८ सालको कुरा हो । अहिलेको जस्तो स्थानीय निकायको चुनाव त्यसबेला पनि हुन्थ्यो इलाममा कांग्रेसवृत्तबाट आएको बेनुप प्रसाई र शनिश्चरेमा केशवकुमार बुढाथोकी दुवैको पृष्ठभूमि कांग्रेस हो तर वहाँहरु थामिनु नै भएन । पञ्चायतको प्रधानपञ्चमा उठेका थिए । इलाम र झापा धेरै पञ्चायती समर्थकहरुले जिते पनि हाम्रो शनिश्चरेमा प्रधानपञ्च केशवकुमारले जित्नु भो भने उता इलाममा बेनुप प्रसाईले जित्नु भो । यसको अर्थ, पञ्चायती शासकको विरोधीहरुले पनि भोट जित्नका थालेको त्यसबेलाको राजनीतिक अवस्थाले बताउँथ्यो ।

 

यता शनिश्चरेमा केदारमणी ढकाल, टेकमणी ढकाल, पदमबहादुर काफ्ले, भीमबहादुर खड्का, हेमबहादुर थापा, मोहित काफ्ले, लवकुश गिरी, जय पौड्याल, रामप्रसाद भट्टराई, रामबाबु भट्टराईहरु धेरै थिए । कांग्रेसवृत्तबाट आएका पञ्चहरु रणकेशर बुढाथोकी, हरिविलाश वन, केशवकुमार बुढाथोकी र कालेप्रकाश बुढाथोकीहरु पञ्च भएको उदाहरण छ । शनिश्चरेमा ढकाल परिवारमा मोहनकृष्ण मात्र कांग्रेस थिए । हामी भूराको के कुरा, तर पनि इलाम जिल्ला हामी झापा अर्थात तराईबासीको लागि धेरै स्थान र रमणीय क्षण थियो । मेरो इलाम पढाइले काम गरेको मैले पाइँन, म झापाबाट भागेर इलाममा पढ्नु आएको केटो सबै राजनीतिक नेताको कारणबाट मुक्त हुन सकिनँ । मैले जति जति संगठनलाई सहयोग गर्ने कोशिस गरेँ । त्यसको अर्थ मेरो पछिललो भूमिकाले मलाई छाडेन ।

 

इलाम क्याम्पसमा मलाई साथीहरुको कमी भएन र थिएन पनि । सबै साथीभाइसँग सरसल्लाह, माया प्रेमका कारण धेरै साथीभाइ मसँग आएका थिए । झापाका साथीहरु प्रदिप तामाङ, मोहन सिवाकोटी, चुडामणी थपलिया, राम राई, रमेश दाहाल, श्रीप्रसाद थपलिया, इलामका साथीहरु राजन शर्मा, केदार थापा, निर्मल दाहाल, सुरेश सापकोटा, दिपेन्द्र साङदोवा, शेकर कोइराला, भूविक्रम बस्नेत, खगेन्द्र दाहाल, दलबहादुर सापकोटा, मनिष न्यौपाने, सनत श्रेष्ठ, हरि सुवेदी, वेदे शर्मा, रञ्जिचा वैध, शिवकला कन्दङवा, सुष्मा सिवाकोटी, पवित्रा कार्कि, दुर्गा ओली, दुर्गा देवान, मञ्जु निरौला, सरिता श्रेष्ठ, दलकुमार सापकोटा, लक्ष्मी सुवेदी, बलबहादुर सुवेदी, लक्ष्मण खड्गी, निर्मला बस्नेत अरु धेरै साथीहरुको कारणले म बलियो भएको थिएँ ।

 

मेरो शरीरले पनि थाहा पायो । अरु यस्ता योद्धा साथीहरु र दिदीबहिनीहरुको खानी नै भएको थियो । लक्ष्मीकान्त निरौला, मञ्जु प्रसाई, कविता कर्मचार्य, जानुका भक्तराज, लता भट्टराई, सुष्मा कपिल, सुशिला सिवाकोटी, तारा भण्डारी, दया वैध, रञ्जिता वैध, सुष्मा सिवाकोटी, सरिता श्रेष्ठ, लक्ष्मी सुवेदीहरुको मिश्रणबाट इलाम क्याम्पसभित्र संगठनको मजबुती भएको थियो । त्यसो त सुशिला, तारा, पवित्रा हामी सबै उमाराम प्रसाईको घरमा बसेका थियौँ । बहिनीहरु मथि बसेका थिए भने म तलाको भूइँ कोठामा एक्लै बस्थेँ । इलाम जिल्लामा बस्नेत परिवारका एक योद्धा टंक बस्नेत पञ्चायतकालमा कांग्रेसी नेता हुनुहुन्थ्यो । अरु पनि हुनुहुन्थ्यो, गंगा बस्नेतहरु पनि । मलाई त खाली मैले भोगेका मात्र चाहिएको छ, र म त्यसैमा सीमित हुन चाहन्छु । मेरो नजरमा पञ्चायतको खिलाफमा बोल्ने नेता दाइ टंकमात्र थिए । जीवनको उतारचढावमा घामपानी, जाडो गर्मी, दुःख सुख, मिलन विछोड अनेकौँ झञ्झटहरु आउँदो रहेछ । यो भावना नभएर यथार्थ रहेछ ।

 

मेरो भोगाइका पनि धेरै रंगीचंगी दिनहरु मैले बिताएँ । जेहोस्, गोलाखर्कको ढुंगेधाराको पनि निकै स्वस्थकर र जीवनदान थियो । इलाममा मानिसहरु स्वस्थ थिए । साथै, क्रान्तिकारी पनि । अरु कुरा जे जस्तो भए पनि हामी कलेजका विद्यार्थी भएका थियौँ । जान्ने जतिले पढ्ने, नजान्नेले गफ हाँक्ने । मैले इलाम क्याम्पसमा नेविसंघको नाताको कारण पहिलो कुटाइ अर्थात् अखिलको धुलाइ पनि खाएँ । मैले त्यस कुरालाई स्वीकार गरेँ, किन भने इलाम कलेजमा पनि नेविसंघ रहेछ भन्ने कुरा त्यस क्षेत्रका कांग्रेसी नेता साथै जनताले थाहा पाए ।
– शनिश्चरे, झापा