लिलक सिटौला,
विपक्षीलाई परास्त गर्न बारुले संगठन त बनाएका थियौँ, योसँगै चोरेको कुखुरा खानेमा पनि दर्ता भएका थियौँ । त्यसपछि पहाडको सागसब्जीमा नै जीवन बिताउने निर्णय मैले गरेँ । वास्तवमा पहाडमा त्यो बेला मधेशभन्दा शक्तिशाली थियो पहाड । पहाडमा जे पनि फल्दथ्यो । आलु, फापर, सुन्तला, नास्पाती, घिउ, सागसब्जी आदि । यसको मतलब पहाडमा खानेकुराको कमी थिएन । खाली नून र तेलको कमी थियो । हामीभन्दा सक्षम थिए पहाडबासीहरु साथै इमान्दार र मिहेनती पनि । यसैबीचमा सबै साथीहरु भन्दा पनि हामी तीन भाइबीच केही चोरेर नखाने निर्णय गरियो ।

 

बरु पैसा छैन भने गाउँमा सागसब्जी मागेर खाने बस्, यही निर्णयले हामीलाई बलवान बनायो । धेरै नेताहरुको सम्पर्कले म मातेको जस्तो भएको थिएँ । यो कुरा रक्सी खाने मान्छेले बुझ्दछ, बुझेको हुनुपर्छ । पढाइको कुरा गर्दा अब मलाई मन परेन, नेपालको प्रशासन र शिक्षामा पढाइको त्यो बेला कमी थिएन । मलाई भने पढ्न मन लागेन । जसरी भए पनि पञ्चायतलाई मिल्काइदिने दृढ संकल्पका साथ म अघि बढेँ । मेरो मन मस्तिष्कमा बसेको यिो । पढाइको विषयमा म सबै विषयमा अब्बल थिएँ तर अंग्रेजी आएपछि म डराउँथे । कारण त्यस विषयमा म कमजोर थिएँ । त्यसको मतलब अंग्रेजी बुझ्नेमात्र यो देशको नागरिक भनेको होइन ।

 

त्यो बेलाका हाइस्कुलमा अंग्रेजी पढाइ कक्षा ७ बाट हुन्थ्यो । हामीले बुझ्ने कुरा पनि भएन । हाम्रा ब्याजीहरु यस विषयमा सबै कमजोरी नै थिए । सबैको हालत यस्तै थियो । महेन्द्र बहुमुखी क्याम्पसको पढाइ राम्रै थियो । फेल, पास जे भए पनि विद्यार्थीहरुले पढ्नु नै पर्दथ्यो । इलाममा राजनीतिभन्दा पनि त्यस बेलाको हावापानी असाध्य राम्रो थियो । रुघाखोकी, ज्वरो आउँदैनथ्यो ।

 

बिहानै, सोमबारको दिन थियो । म र तीन जना बहिनी सुशिला शिवाकोटी, तारा भण्डारी र पवित्रा कार्की जम्मा चार जना क्याम्पस जाने गरेका थियौँ । अब दुई जना साथीहरु चुडामणी थपलिया र प्रदिप तामाङ साथै अलिक माथि गएपछि क्याम्पसबाट उक्लिने स्थानमा मोहन शिवाकोटी, सुष्मा शिवाकोटी, देवा उप्रेती, खेम शिवाकोटी हामी गोलबस्तीबाट धेरै साथीहरु क्याम्पस जान थालेका थियौँ । माथि टुँडिखेलमा रमेश दाहाल, मञ्जु प्रसाईहरु क्याम्पस जाने नियमित रुट बनेको थियो । हाम्रो क्याम्पस चिफ बाँस्तोला हुनुहुन्थ्यो । त्यसपछि राजेन्द्र सुवेदी सर हुनुभो । दुवै गुरुहरुलाई हाम्रो प्रणाम ।

 

मेरो समय समयमा आदरणीय दाइ अर्थात् साथी लोकबन्धु कन्दङ्वासँग भेटघाट भइरहन्थ्यो । राजनीति कुरा हुन्थे । उहाँ अलिक हक्की स्वभावको मानिस हुनुहुन्थ्यो । इलाम क्याम्पसको तल टुँडिखेलमुनि भट्टराई बाजेको मालपुवा र चियाको दोकान थियो । त्यस पसलमा मलाइ लोकबन्धुले मालपुवा र चिया ख्वाएर क्याम्पस पठाएको अहिलेजस्तो लाग्छ । त्यसको मतलब अर्थ त्यस बेला पनि हामी पञ्चायती फ्याल्नुका लागि एक ढिक्का भएर उभिएका थियौँ ।

 

उता बजारभित्रबाट धेरै साथीहरु इलाम क्याम्पसमा आउने क्रम बढेको थियो । बजारबाट धेरै इलामका रैथानेहरु क्याम्पसभित्र अध्ययन गर्न आउँथे । त्यसमध्ये पनि मैले सानैदेखि बहिनी मानेको सुष्मा खड्का (सुष्मा कपिल) पनि इलाम क्याम्पस आउँथिन् । उता कालेबुङ पढेकी बहिनी लता भट्टराई (तोयानाथ भट्टराईका छोरी)हरु पनि आउँथे । जेहोस्, हाँसको हन्जाझैँ साथीभाइको कमी थिएन । इलामको बारेमा म धेरै कुराहरु भन्दिनँ तर जे जस्तो भए पनि इलाम जिल्ला धेरै कुराहरुमा हामीभन्दा अगाडि रहेको मैले त्यसैबेला पाएको थिएँ । अहिलेको कुरा अर्को हो । टंक बस्नेतदेखि निर्मल, हिमाल दाहालहुँदै रमेश डिसीदेखि सुरेश सापकोटा र मनोज न्यौपानेहरुलाई त्यसबेलामा प्रजातन्त्रको पक्षमा ल्याउन म र दावा लामाले काम गरेका थियौँ । मनोज पछि गएर इआइजी भयो, यस्तो सुन्दा ठाउँमा पनि पञ्चायतका हस्तीहरुको बोलवाला थियो ।

 

व्यवस्था जे भए पनि कुशल मानिसहरुको पहिचान पार्टीले गर्यो भने, त्यो पार्टी अगाडि बढेको मैले पाएँ । त्यसबेला केही गर्दा कसैसँग कुरा गर्दा हामी कांग्रेस, कम्युनिष्टको कुरा कसैले सुन्दैन थिए । जमान त्यस्तै थियो । बेनुप दाइ र केशकुमार दाइ पञ्चायती व्यवस्था विरोधरी भए पनि त्यही संविधान मानेर त्यही गएका थिए । पञ्चायतले जे गर भन्थे त्यही गर्नै पर्दथ्यो ।
– शनिश्चरे, झापा