अर्जुनधारा । छठ पर्वको मुख्य दिन आज बेलुकी देशैभर भक्तजनले अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

 

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।

 

यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान छ । यस्तै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन हुनेछ ।

 

झापा अर्जुनधारा नगरपालिकामा बसोबास गर्ने श्रद्धालु भक्तजनले यस वर्ष स्थानीय फूलमती खोलामा छठ पर्व मनाएका छन् । हेरौँ, तस्वीरमा…

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रमेश समदर्शी