झापा । झापा जिल्लाका अधिकांश विद्यालय क्वारेनटिन मुक्त भएका छन् ।

सरकारले भाद्र १ गतेदेखि विद्यार्थी भर्ना र भाद्र १५ देखि विद्यालय सञ्चालनको तयारी थालेसँगै झापाका सामुदायिक विद्यालय क्वारेनटिन मुक्त हुँदै गएका हुन् ।

झापामा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरिएको छ ।

पाँच महिनापछि भाद्र १५ गतेबाट सञ्चालनको तयारी थालिएसँगै झापाका सामुदायिक विद्यालय क्वारेनटिन मुक्त हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतले जानकारी दिनुभयो ।

झापाका तीन सय ६५ सामुदायिक विद्यालयमध्ये ४१ वटा विद्यालयमा क्वारेनटिन बनाइएको थियो ।

जिल्लाका १५ वटा स्थानीय तहले आफ्नो पालिका भित्र पर्ने विभिन्न सामुदायिक विद्यालयसहित स्वास्थ्य संस्था, सामुदायिक भवनलगायतलाई क्वारेनटिन निर्माण गरेका थिए ।

झापाको मेचीनगर, कंचनकवल, बिर्तामोडलगायतका केही पालिका अहिले क्वारेनटिन मुक्त भइसकेका छन् ।