विराटनगर । कोरोनाको कहरमा परेर पठनपाठनसहित परीक्षा समेत प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका हुन् । साङ्केतिक विरोध जनाउँदै उक्त ग्रुपले विश्वविद्यालयको मनोवल घटाउन नभएर परिक्षाको विषयमा चाँडोभन्दा चाडो निर्णय लिन दवाव दिन सामाजिक सञ्जाल मार्फत विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले सामाजिक सञ्जालमा भ्वाइस अफ पियु नामक समूह बनाई नेपाल भरिका विद्यार्थीले ऐक्यबद्धता जनाउँदै मंगलबार साङ्केतिक विरोध स्वरुप दबाब दिन सामाजिक सञ्जालमार्फत विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको भ्वाइस अफ पियु कि एडमिन स्नेहा सपकोटाले जानकारी दिइन् ।