झापा । अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि मुछिएका छन् ।

मृत्यु प्रकरणमा मुछिएपछि उनका घरेलु कामदार दिपेश सावन्तलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ ।

यसअघि सुशान्तका पूर्व म्यानेजर सैमुअल मिरान्डा र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती पक्राउ परेका थिए । उनीहरु दुवै जना अहिले हिरासतमा छन् ।

सुशान्तका घरेलु सहायक दिपेशलाई ड्रग्स किन्ने र त्यसको लेनदेनको मामलामा गिरफ्तार गरिएको जनाइएको छ ।

पक्राउ परेकाहरुसँग सोधपुछको काम भइरहेको छ । सुशान्त सिंह राजपूत मुेम्बई स्थित आफ्नो घरमा मृत भेटिएका थिए। एजेन्सी